बोस्टन कलेज द्वारा उद्यमी विकास कार्यक्रम को दोश्रो सस्करण , बिजेतालाई २ लाख रुपैया

चितवन,मंसिर २५ । चितवनको भरतपुर १० मा छ बोस्टन इन्टरनेशनल कलेज । शुक्रवार साँझ उक्त कलेजको हलमा उद्योगी व्यवसायीहरुको वाक्लो उपस्थिती थियो । साथै प्राज्ञ एवम विषय विज्ञहरुले समेत हल भरिएको थियो भने विद्यार्थी र प्राध्यापकहरुको समेत राम्रै सहभागीता देखिन्थ्यो ।
उक्त हलको मञ्चमा पुगीन् सामान्य किसान परिवारमा जन्मिएकी रोजा सुवेदी । रोजा सोही कलेजको ‘व्यचलर फस्ट इएरको विविए विआई’ पढ्दैछिन् । तर उनको हिम्मतले उनलाई सफल उद्यमी वन्ने मार्गमा डोर्याइसकेको छ । सोही मञ्चमा पुगेर उनले सुरु गरेको ‘आरसी इभेन्ट्स’ नामको व्यवसाय बारे बताइन् । कुनै कार्यक्रमका लागि हल डेकोरेसन गर्ने देखिको कार्यमा उनी व्यस्त हुन्छिन् । साथीको विहेमा एक दिनको ६० हजार लिएर अरु कसैले डेकोरेशन गरेको थाहा पाएपछि उनले उक्त मूल्यभन्दा सस्तोमा सोही सेवा दिन सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेको बताइन् । अहिले विशेष गरी विहेको डेकोरेश जसमा हल्दी, ईन्गेजमेन्ट र विवाहकै दिन लाई सजाइदिएको कूल तीन दिनको प्याकेजलाई उनले ५५ हजारमै सेवा दिने गरेकी छिन् ।

उनी पछि मञ्चमा उक्लीए चन्दन विश्वकर्मा । बोस्टनमै बिबिए अध्ययन गरिरहेका उनले गैँडाकोटको काँग्रेस चोकमा ‘द फिटफेशन जीम’ स्थापना गरेर सेवा दिन थालेका छन् । सोही व्यवसायको उनले मञ्चमा प्रस्तुती दिए । तीन महिना भयो उनले व्यवसाय सुरु गरेको । मानिसहरुलाई शारिरीक तन्दुरुस्त राख्न र शरिरको तौल घटाउने देखि स्थानीय ठाउँमा आवश्यक सेवा दिइरहेका छन् ।

यसरी अध्ययनकै शिलशिलामा उद्यमी वन्ने क्षमता र आत्मविश्वास जगाएको हो कलेजको उद्यमी विकास विभागले । जसको प्रमुख प्रेम गैरे छन् । देशभर शैक्षिक बेरोजगार बढ्दै गएको तितोसत्यलाई अंगाल्दै कलेजले अध्ययन गरेर जागिर मात्रै खोज्ने नभई जागिर दिने क्षमता बढाउने गरी यो विभाग खोलेर विद्यार्थीको चाहाना अनुसार सीप, तालिम र आत्मविश्सास जगाइरहेको गैरेले बताए । त्यसका लागि स्किलल्याव नेपालसँग सम्झौतानै गरेको छ भने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग पनि सोही अनुसारको सम्झौता रहेको गैरेले बताए ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बजारमा नयाँ तरिका प्रयोग गरी उद्यमी बनाउन सके पढेपछिको बेरोजगार हुनुनपर्ने र देशको विकासमा समेत टेवा पुग्ने उनको भनाई छ । ६ महिना अघिदेखि तालिम लिएका विद्यार्थीहरुले शुक्रवार भएको उद्यमी विकास कार्यक्रममा त्यसरी आफ्नो व्यवसायको प्रकृति,आम्दानी,खर्च नाफा, दिने सेवा र विज्ञापन गर्ने माध्यम लगायका विषयमा विद्यार्थी आफैले प्रस्तुती दिएका थिए ।

त्यसरी प्रस्तुती दिनेमा विष्णु भट्टराई जसले रंगीन जिन्दगी नामको व्यवसायवारे बताए भने नारायण पाण्डेले साइन अपको बारेमा बताएका थिए । यसरी चार जनाले दिएको प्रस्तुतीमा सर्वोत्कृष्ट बने चन्दन विश्वकर्मा । जसले २ लाख नगद पुरस्कार समेत प्राप्त गरेका छन् । उक्त रकमले आफ्नो व्यवसाय बढाउने विश्वकर्माले बढाए । सैद्धान्तिक सीपसँगै व्यवसायीक ज्ञान पाउँदा पढ्नुको सार्थकता रहने उनको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार डा. शारदा थपलियाले अव विद्यार्थीलाई कृषि उत्पादनमा जोड्नुपर्ने र कलेजले गरेको कार्य स्रह्रानीय रहेको बताइन् । अव रिसर्चको पाटोमा पनि नेपाली व्यवसायी उद्योगीले रकम खर्च गर्नुपर्ने र यसले व्यवसाय बढाउन थप मद्दत मिल्ने उनको भनाई थियो । इन्डस्ट्रि र एकेडेमिलाई एउटै मञ्चमा ल्याउन गरेको पहल राम्रो भएको र अन्य विद्यालय तथा कलेजले यो सिको गर्न जरुरी रहेको थपलियाको भनाइ थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती,डोल्मा इम्पाक्ट फण्डका सन्दीप श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रममा उद्योग संघका अध्यक्ष त्रिलोचन कडेँल, पूर्व अध्यक्ष राजु पौडेलले विद्यार्थीको नयाँ आइडीयासँग उद्योगीहरु जोडिनु पाउने सकारात्मक कार्य भएको र यसले उद्योगलाइ आवश्यक पर्ने जनशक्ति र कलेजको कोर्ष सँग तालमेल मिलाउन सकिने बताए । साथै नयाँ उद्यमीहरुलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले स्नातक पूरा गरेपनि युवाहरु जागिर समेत नपाउने गरेको र यसले शिक्षाप्रतिनै विकर्षण हुने खतरा रहेको भन्दै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप सँगै जाड्न आवश्यक भएर कलेजले कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

स्किलल्यावले विद्यार्थीहरुसँग नयाँ आइडियाको खोजी गर्ने र सम्भव र सम्भावना हुने आइडियालाई व्यवहारमा पुर्याउन तालिम दिन सुरु गर्ने गर्दछ । इन्नोभेसन एण्ड स्टाटेजीका म्यानेजर शिरीजङ्ग हाङ्ग राईले पाँच महिनाको तयारीमा विद्यार्थी उद्यमी बन्न सकेको बताए । बोष्टन मात्रै नभई अव अन्य कलेजसँग पनि सम्झौता गरेर यो कार्यक्रम गर्दै जाने उनले बताए ।

News Source: https://www.thenarayanipost.com/2021/11/18639/



Leave a Reply