बोस्टन कलेजमा डमो डे उद्यमी विकास कार्यक्रम : चन्दन विश्वकर्माले जिते प्रतिस्पर्धा

चितवन, मंसिर २६ –

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा डेमो डे उद्यमी विकास कार्यक्रम– २ सम्पन्न गरिएको छ ।

बिआइसी स्टार्टअप बोस्टन कलेजको आयोजनामा शुक्रबारबाट सुरु गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

डेमो डे कार्यक्रममा बोस्टनमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो उद्यमका बारेमा डेमो देखाएका थिए । कसैले आफूले चलाइरहेको व्यावसायको डेमो देखाएका थिए भने कसैले आफूले भविष्यमा गर्न चाहेको व्यावसायको डेमो प्रस्तुती गरेका थिए ।

डेमो कार्यक्रममा ४ वटा डेमो देखाइएको थियो । दुई वटा डेमो प्रस्तुतीमा विद्यार्थीहरुले आफूले गरिरहेको व्यावसायको अवस्था, समस्या, चुनौतीका बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा व्यावसायलाई थप उचाइमा पुु¥याउन र प्रतिस्पर्धामा कसरी अब्बल बन्न सकिन्छ भन्ने कुराको सुझाव मागेका थिए ।

अर्काे दुई वटा डेमोमा विद्यार्थीहरुले आफूले भविष्यमा गर्न चाहेको व्यावसायका बारेमा डेमो देखाएका थिए । उनीहरुले आफूले गर्न चाहेको व्यावसायको उपायहरु बताउँदै अन्य उपायहरुबारे सल्लाहसुझाव मागेको थिए ।

कलेजका शिक्षक शिक्षिका र चितवनका उद्यमीहरु, व्यावसायीहरुले विद्यार्थीहरुलाई व्यावसायका बारेमा विभिन्न सल्लाहसुझाव दिँदै विभिन्न प्रश्न सोधेका थिए ।

बिआइसी स्टाटसका कार्यक्रम संयोजक साङपु शाक्यका अनुसार डेमोमा बिबिए फस्ट सेमेष्टरका विद्यार्थी चन्दन विश्वकर्माले फिट प्याशनका बारेमा डेमो दिएका थिए । गैंडाकोटमा विश्वकर्माले सञ्चालन गर्दै आएको उक्त व्यावसायका बारेमा डेमो देखाइएको थियो ।

बिबिए बिआई सेभेन सेमेष्टरका विष्णु भट्टराईले रंगिन जिन्दगीका बारेमा डेमो प्रस्तुती गरेका थिए । कार्यक्रममा उनले सञ्चालन गरिरहेको बेकरी व्यावसायका बारेमा डेमो देखाएका थिए ।

बिबिए बिआई सेभेन सेमेष्टर रोजा सुवेदी, बिबिए बिआइ फस्ट समेष्टर स्मृति विश्वकर्मा, बिबिए पाँचौ सेमेष्टरकी अनिता तामाङ्गले आरसी इभेन्टका बारेमा डेमो प्रस्तुती गरेका थिए । उनीहरुले भविष्यमा इभेन्ट म्यानेजमेन्ट गर्ने व्यावसाय सञ्चालन गर्न सोच बनाएको डेमो देखाएका थिए । बर्थडे, विवहा लगायतका विभिन्न इभेन्टहरुको डेकुरेशन गर्ने व्यावसाय सञ्चालन गर्ने बताएका छन् ।

बिबिए सेभेन समेष्टरका नारायण पाण्डेले साइनअप फिनेल प्रोडक्सन स्थापित गर्ने सोच रहेको डेमो प्रस्तुती गरेका थिए । उनले भविष्यमा बाटो, घर लगायतका विभिन्न भवनहरु पेन्टिङ्ग गर्ने व्यावसाय सञ्चालन गर्ने बताएका छन् ।

कार्यक्रममा सबैभन्दा उत्कृष्ट एउटा डेमोलाई कलेजले दुई लाख लगानी गरिदिने भएको छ । चन्दन विश्वकर्माले देखाएको फिट प्याशन सम्बन्धी डेमोलाई सबैभन्दा उतकृष्ट घोषणा गर्दै दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बोस्टन कलेजका प्रमुख आनन्दबहादुर चन्द र शिक्षिका शारदा थपलियाले चन्दन विश्वकर्मालाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रमा बोल्दै कलेज प्रमुख चन्दले एउटा डेमोलाई आर्थिक सहयोग गर्नु भनेको अरुको डेमो नराम्रो रहेको अर्थमा नबुझ्न आग्रह गरे । उनले सबैको डेमो राम्रो रहेको बताउँदै सबैले आफ्नो व्यवसायलाई अगाडि बढाइरहन र व्यावसायको सोचलाई पनि पूरा गर्न आग्रह गरेको छन् ।

कार्यक्रममा उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका रामपुरका रजिष्टार प्राध्यपक डा शरद थपलिया, डेमोसँग सम्बन्धी व्यावसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

News Source: https://narayanionline.com/2021/12/12/153879/



Leave a Reply