बोस्टन कलेजका दुई उद्यमी विद्यार्थीको समूह पुरस्कृत

चितवन, पुस ४

बोष्टन इन्टरनेसनल कलेजको इन्क्युवेसन विभाग बीआईसी स्टार्टअप्सद्वारा ‘डेमो डे’ कार्यक्रममा ‘सर्वोत्तम मसरुम फार्म’ र ‘क्रियटिभ डिल अर्बान फार्मिङ्’ पुरस्कृत भएका छन् । 

कार्यक्रममा बोष्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले विजयी उद्यमी विद्यार्थीहरुको समूहलाई शुक्रबार चेक हस्तान्तरण गरे । संभावित लगानिकर्ताहरुको माझमा ५ वटा टिमको प्रतिनिधित्व गर्दै १० जना सहभागीले प्रस्तुति दिएका थिए । सहभागी पाँच उद्यमी टिमहरु मध्ये दुईवटा टिम विजयी भएर दुई लाख रुपैयाँको ‘बिज पूँजी’ प्राप्त गर्ने प्रावधान रहेको छ । 

शुक्रबार भएको कार्यक्रम दुई घण्टा चलेको थियो। चितवनका प्रतिष्ठित उद्योगी व्यवसायी, उद्यमी, शैक्षिक संस्था एवम् व्यवसायी संगठनका प्रतिनिधिलतायतका व्यक्तित्वहरु सम्मिलित कार्यक्रममा ईन्क्युवेसन विभागका पाँच वटा सहभागी टिमहरुले आफ्नो उद्यमशिल व्यवसायको प्रस्तुति दिएका थिए।

भरतपुरलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको बीआईसी स्टार्टअप्सले यस कार्यक्रम मार्फत् विगत छ महिनादेखि ईन्क्युवेसनमा प्रशिक्षित उद्यमीलाई सार्वजनिक गरेको हो। पहिलो कोहर्टको रुपमा इको९पोसाक, क्रिएटिभ डिल, सर्वोत्तम मसरुम फार्म, फिनान्टेलेक्ट र नेक्सस टेक सोलुसन गरी ५ वटा सिर्जनशील व्यवसायलाई यस विभागले विगत ६ महिनादेखि निरन्तर रुपमा तालिम, परामर्श एवम् अन्य तरिकाहरुबाट सहयोग प्रदान गरेको बीआईसी स्टार्टअप्सका प्रमुख प्रेम गैरेले उक्त समारोहमा व्यक्त गरे । देशव्यापी लकडाउनको बावजुद जुममार्फत सुरु गरिएको कार्यक्रमले यस डेमो डे सम्पन्न गरेर एक चरण पार गरेको बताइएको छ। उद्यमी विद्यार्थीको छ महिनाको मिहिनेतलाई प्रस्तुत गर्ने कार्यक्रम नै ‘डेमो डे’ कार्यक्रम रहेको बुझिएको छ ।

यस कार्यक्रमलाई सहआयोजक ‘बोष्टन उद्यमशिलता तथा नेतृत्व केन्द्र’ का सदस्यहरु उस्नता पाख्रिन, स्यारोना क्षेत्री, एसिका घले र समीक्षा उपरकोटीले उदघोषण गरेका थिए । त्यस्तै गरी कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, ‘नेपाल कम्यूनिटेरी’ की निर्देशक बहार कुमार र ‘टुटल’ का सिईओ एवम् सहसंस्थापक सिक्षित भट्टले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा निर्णायकको भूमिका निभाएका राजु पौडेल, बहार कुमार र शिक्षित भट्टले आफ्नो छोटो मन्तव्य पनि दिएका थिए । मन्तव्यका क्रममा उनीहरुले उद्यमशिलताका सम्भावना तथा चुनौतीहरु र अगाडिको दिनमा नवउद्यमीहरुले केकस्ता व्यवसायहरु सुरु गर्न सक्छन्, लगायतका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । बिआईसी स्टार्टअप्सले हालसालै चितवन उद्योग संघसँग गरेको सहकार्य सम्झौताको स्मरण गर्दै चितवन उद्योग संघका अध्यक्ष एवम् बोष्टन कलेजका अध्यक्ष दुवै जनाले आगामी दिनमा सहकार्यको दायरा फराकिलो पार्दै चितवनलाई उद्यमशिलताको केन्द्र बनाउने दीर्घकालीन सोच एवम् रणनीतिक योजना रहेको उक्त कार्यक्रम मार्फत उद्घोष गरे । 

Source: http://kalikanews.com/news/138184



Leave a Reply