अध्ययनसँगै विद्यार्थीलाई उद्यमी बनाउँदै बोस्टन कलेज

भरतपुर महानगरपालिका २५ शुक्रनगर घरभएकी संस्कृति पौडेललाई लकडाउनको समयमा तरकारी नबिकेर खेरा जाँदा ज्यादै नरमाईलो लागेको थियो ।

उनको घरको मात्र हैन, त्यो समयमा जिल्लाभरी नै तरकारी नबिकेर नष्ट गर्नुपरेको समाचार प्रकाशन भएका थिए भने अर्को तर्फ बोस्टन कलेजको बिआइसि स्टार्टअप्सले सुरु गरेको उद्यमी विकास कार्यक्रमको तेस्रो संस्करणमा सहभागी हुने प्रक्रिया सुरु भएको थियो।
उनले आफ्नो साथी साङपु शाक्य र समिक्षा उपरकोटी सँग मिलेर टिम बनाईन् । त्यसपछि शुरुभारम्भ भयो खेर जाने तरकारीहरूलाई लामो समयसम्म भण्डारण गरेर व्यवसाय गर्ने आईडिया ‘घरको कोसेली’ ।

६ महिनाअघि बोस्टन कलेजले सुरु गरेको उद्यमी विकास कार्यक्रमको तेस्रो संस्करणबाट निर्जलीकरण व्यवसाय मुला, साग र काउलीको चाना बनाउन उनीहरुले सुरु गर्दैछन् ।पौडेल भन्छिन्, ‘खेर जाने सागलाई गुद्रुक, काउली र मुलाको चाना बनाएर ‘घरको कोसेली’ ब्रान्डबाट नमुना पनि बजारिकरण भयो, सुरुवातमा नै राम्रो प्रतिक्रिया आएको छ। थोरै मेहनत र लगानीमा हामीले उद्यमी विकास कार्यक्रम चल्दै गर्दा चार हजार रुपैयाँ बढी बचत गरिसक्यौँ ।’ उनीहरूका अनुसार उनीहरू आफैँले अहिले घरमा उत्पादन भएको सागको गुद्रुक, काउली र मुलाको चना उत्पादन गरेका छन् । जसलाई आफ्नै ब्रान्डमा प्याकिजिङ गरिएको छ ।

अनावश्यक प्लाष्ट्रिकका उत्पादनहरूले वातावरण प्रदुषण भएको यो अवस्थाले सिराहाकी प्रतीभा शाहलाई पनि चिन्तित बनाएको थियो । अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एफयु) मा एग्रिकल्चर अध्ययनरत शाहले फिल्ड अध्ययनको क्रममा गहुँ, जौँको पराल (डाठ) बाट पाइप बन्छ भन्ने लाग्यो । उनले वातावरणमैत्री ‘जुस इको पाइप्स्’ बनाउने निर्णय गरिन् । उनलाई पनि सँगै पढ्ने खुसीराम लम्साल र रश्मीश्री सिंहले साथ दिएका छन् । उनीहरूका अनुसार इको पाइप्स्को अर्डर केही दिनअघि मात्र अनलाइनमा राख्दा ९१ जनाले यसको माग गरेका छन् ।

‘वर्कहोलिक’ नाम दिएर वोस्टनकै स्वर्णीम घिमिरे र सन्देश ढकालले मानिसहरूलाई धेरै रकम खर्च गरेर अफिस बनाउँने झन्झटबाट मुक्त दिन उनीहरूको अवश्यकताकाअनुसार ठाउँ प्रयोग गर्न दिने आइडिया प्रस्तुत गरे ।  ‘मुख्य काममा भन्दा अफिस डेकुरेशनमा बढी खर्चले मानिसलाई लगानी गर्ने इच्छा नै नहुन सक्छ घिमिरेले भने, ‘हामी आफैँले पनि एउटा अफिस खोल्दा यो अनुभव लियौँ । त्यसैको आइडिया स्वरुप यो व्यवसायको सुरुवात भयो ।’

झोल मल र कम्पोष्ट मल उत्पादन गर्ने ‘कृषि’, पुराना जुत्ताचप्पल बेच्ने ‘सेकेन्ड चान्स’ व्यवसायको आफ्नै मैलिकता थियो ।

पाँच गु्रपले शुक्रबार चितवनको बोस्टन इन्टरनेसनलको उद्यमी विकास कार्यक्रमको तेस्रो संस्करणमा आफ्नो आइडिया प्रस्तुत गरिरहेका थिए । जुन दृश्य र संवादले नयाँ उद्यमीको जोस, कामप्रतिको लगाव र सम्बन्धित विषयमा गरेको गहन अध्ययन झल्कन्थ्यो । 

बोस्टन इन्टरनेसनल कलेजले विद्यार्थीको यो प्रस्तुति तयार गर्न ६ महिनादेखि तयारी गरिरहेका थिए । विभिन्न अनुभवी व्यवसायी, उद्योगी, विज्ञसँगको छलफलपछिको तयारीबाट उनीहरूले आफ्नो अनुभवलाई प्रस्तुतिका रूपमा राखेका हुन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एफयू) दुई र बोस्टन कलेजमा अध्ययनरत तीन गरी पाँच समूह सहभागी भएकाे आयोज समितिकी सदस्य सुलोचना अधिकारीले बताईन् । यस बाहेत गत संस्करणका विजयी र सहभागीले पनि व्यवसायको आफ्नो अनुभव साटेका थिए । 

विद्यार्थी कसरी अध्ययनसँगै उद्यमशीलतामा लागेका छन् भन्ने पनि यो कार्यक्रममा प्रस्टै देखिन्थ्यो । यस संस्करणमा पाँचमध्ये घरको कोशेली र इको पाइप्स्को प्रस्तुति उत्कृष्ट भयो । उनी दुई लाख रुपैयाँसहित उद्यमी विकास कार्यक्रम ३ को विजेता बने । कलेजका अध्यक्ष आनन्दबहादुर चन्द र कार्यक्रमका प्रमुख अतिथि कारखानाका सिइओ तथा स्टार्टअप समिति अध्यक्ष प्रवित्रबहादुर गौतमले विजयीलाई प्रोत्साहनसहित चेक हस्तान्तरण गरे । 
उद्यमी विकास कार्यक्रमको १ को विजेता भरतपुरको सर्वोत्तम मसरुम फार्मको टिम भएको थियो । २ को जिम सेन्टर सञ्चालक चन्दन विश्वकर्मा विजेता बनेका थिए । 
यसअघिकोका उपविजेता रोजा सुवेदीले साथीको विवाहमा जाँदा सजावट सामग्रीहरू निकै महँगो लागेपछि सुरु गरेको टिम आर्सीले १७ वटाभन्दा बढी इभेन्टको जिम्मा लिइसकेकी छन् । उनको समूहले विवाह, पार्टी, जन्मदिन र सरप्राइज पार्टीको डेकोरेसन गरेर एक वर्षमा ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् । रोजाले भनिन्, ‘यो उद्यमशीलता कार्यक्रमले विद्यार्थीलाई ज्ञान र व्यवहारिक सीप दिएको छ ।

Source: Synergy FM

https://synergyfm.com.np/news-details/9333/2022-11-14?fbclid=IwAR0vvodlIMDAbfm74zsHGJ4m2kIRhsHGiCJzaWZq-UQOWCAtmlKciD2KH08



Leave a Reply