बोस्टन इन्टरनेशनल कलेजको बिजनेस पिच प्रतिस्पर्धामा टिफिन फुड पार्टनर विजयी

चितवन, भदौं १-

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले एमबीएका विद्यार्थीहरुलाई लक्षित गरी गरेको बिजनेस पिच प्रतिस्पर्धामा टिफिन फुड पार्टनर विजयी भएको छ ।

चार प्रतिस्पर्धी सहभागी प्रतियोगितामा टिमहरु थुंगा, ग्रोसरी रन र प्यागोडा क्याफे भन्दा आफूलाई अब्बल सावित गर्दै टिफिन फुड पार्टनर टिम विजयी भएको हो ।

बिजेता टिमलाई प्रोत्साहन स्वरुप पाँच हजार नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम आयोजकका तर्फबाट प्रेम गैरेले जानकारी दिए । उद्यमशिलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ बोष्टन कलेजले नियमितरुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

एमबीए कार्यक्रम अन्तर्गत चौथो ट्राईमेस्टरमा ‘उद्यमशिलता र नविनता’ विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको करिब तीन महिनाको परिश्रमलाई प्रदर्शन गर्ने उद्देश्यका साथ गरिएको सो प्रतिस्पर्धा दोस्रो सत्र हो । यस्तै प्रतिस्पर्धा गत फागुन ६ गते पनि आयोजना गरिएको थियो । यो प्रतिस्पर्धा चौथो ट्राईमेस्टरका विद्यार्थीहरुबीच हुने भएकोले उक्त ट्राईमेस्टरका विद्यार्थीहरु सबैको सहभागिता अनिवार्य गरिएको छ । विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी प्रयोगात्मक सीप सिकाउन उक्त प्रतिस्पर्धा उपयोगी रहेको कलेजको दाबी छ ।

भर्चुअलरुपमा जुमको माध्यमबाट गरिएको उक्त कार्यक्रममा बीआईसी स्टार्टअप्सका प्रमुख एवम् उद्यमशीलता र नविनता विषयका अध्यापक प्रेम गैरेको स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा निर्णायकको भूमिकामा ‘डोल्मा ईम्प्याक्ट फण्ड’का ईएसजी ईम्प्याक्ट म्यानेजर सन्दिप श्रेष्ठ, ‘उपाय सिटी कार्गो’की बिजनेस डेभलप्मेन्ट अफिसर उत्साह खकुरेल एवम् बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशिलताका वरिष्ठ प्राध्यापक पुष्पराज अधिकारी रहेका थिए । बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइँको अध्यक्षतामा भएको कार्यक्रममा अंकुरम एकेडेमीका प्राधानाध्यापक सुमन पौडेल विशेष अतिथिको रुपमा उपस्थित भई ‘अंकुरमको नविन शिक्षा प्रणाली’ सम्बन्धी विशेष प्रस्तुति समेत दिएका थिए । नियमितरुपमा गरिने यस्ता प्रतिस्पर्धाले कलेजमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिकरुपमा प्रयोग गर्न सहयोग पुग्ने कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।

 

Source: https://narayanionline.com/2021/08/17/135879/



Leave a Reply