बोष्टन कलेजको ‘डेमो डे–उद्यमी विकास’ प्रतियोगितामा घरको कोसेली र ईको जुस पाईप्स प्रथम 

चितवन, कात्तिक २६ 

भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेज अन्तरगतको बिआईसी स्टार्टअप्सले आयोजना गरेको ‘डेमो डे – उद्यमी विकास कार्यक्रम ३’ प्रतियोगितामा घरको कोसेली र ईको जुस पाईप्स प्रथम भएका छन् । नवउद्यमीहरुको प्रर्वद्धन गर्ने उदेश्यले राखिएको कार्यक्रममा पाँच वटा टिम सहभागि थिए । प्रथम हुने दुई टिमले दुई लाख रुपैयाँ सम्मको ‘बिउ पुँजी’ जितेका छन् । 

सो घरको कोसेलीका साङपु शाक्य, संकृति पौडेल र समिक्षा उपरकोटी गरी ३ जनाको समूह रहेको थियो । त्यस्तै ईको जुस पाईप्सका पनि प्रतिभा शाह, रस्मि सिंङ र खुसी लम्साल गरी ३ जनाको समूह रहेको बोस्टन कलेजले जानकारी दिएको छ । 

शुक्रवार सम्पन्न कायक्रममा ईन्क्युवेसन विभागका ५ वटा सहभागी टिमहरुले आफ्नो उद्यमशील व्यवसायको प्रस्तुति दिएका थिए । चितवनलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको बिआईसी स्टार्टअप्सले यस कार्यक्रम मार्फत विगत छ महिनादेखि ईन्क्युवेसन कार्यक्रममा आवद्ध  उद्यमीहरुलाई सार्वजनिक गरेको हो । पहिलो कोहर्टमा ५  वटा र दोस्रो कोहर्टमा ६ वटा व्यवसायलाई उद्यमशील बनाउन सफल भएको यस विभागले तेस्रो कोहर्टका घरको कोसेली, सेकेन्ड चान्स, इको जुस पाइप, किसान र वोर्कोहोलिक टिमलाई निरन्तर रुपमा तालिम, परामर्श एवम् अन्य तरिकाहरुबाट सहयोग प्रदान गर्दे आएको थियो । 

कार्यक्रममा गत साल विजेता बनेको ‘फिटफ्यासन जिम’ कम्पनीका संस्थापक चन्दन विश्वकर्माको पनि आफ्नो उद्यमशीलताको यात्राको संस्मरण प्रस्तुत भएको थियो भने गतसालकै उपविजेता रोजा सुवेदीले आफ्नो ‘आर्सी ईभेन्टस’ नामक कम्पनीमा थप ५ लाख लगानी र मेन्टरिङ् सहयोगको लागी पुन प्रस्तुति दिनुभएको थियो । 
कलेजका एकाडेमिक डाईरेक्टर डा. विष्णु परियारले बोष्टनले सुरु गरेको ‘उद्योग जोड’ (ईन्डस्ट्री कनेक्ट) कार्यक्रम – जसमा बोष्टन कलेज, विद्यार्थी र उद्योग व्यवसायको सहकार्यमा यी तीनै पक्षलाई फाईदा हुने गरी काम गर्ने अवधारण अगाडि सारकेको बताउनुभयो । कार्यक्रममा निर्णायकको भुमिकामा चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की र सिद्धार्थ बैंक बाग्मती प्रदेशका प्रमुख दुर्गा राज पाण्डे हुनुहुन्थ्यो । 

Source: Kalika News

https://www.kalikanews.com/news/173123?fbclid=IwAR3bZ8k_VSivgYgoYQ7fjQ9OP_FD_Jhs8fIwxEG7yUkk6eEpHArx8L8OlJs



Leave a Reply