- January 20, 2021
- Posted by: ikamalsubedi
- Category: News
No Comments

चितवन उद्योग संघ र बोस्टन इन्टरनेशनल कलेजबीच नव उद्यमी सिर्जना कार्यक्रमका लागि विशेष सम्झौता सम्पन्न भएको छ ।चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्द चन्दले संयुक्त रुपमा हस्ताक्षर गरी सम्झौताको पत्र आदानप्रदान गर्नुभएको थियो ।सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा बोस्टन इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक प्रेम गैर, कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, दुर्गाप्रसाद भण्डारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, गोपाल प्रसाद गैरे, कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, महिला उद्यमी मञ्चका सदस्यहरु चन्दना कोइराला, नमिता प्रधान, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।